Incident Reports

रासायनिक मल माग्दै युवा संघ हलो लिएर प्रदर्शनमा

2022-06-21

७ असार, दाङ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ घोराही उपमहानगरपालिका कमिटीले हलो र जुवाको प्रदर्शन गर्दै रासायनिक मल अभावको विरुद्धमा घोराहीमा विरोध प्रदर्शन गरेको हो । विरोधसभामा नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले किसानलाई समयमै मल उपलब्ध गराउन नसक्ने अहिलेको सरकार किसान मारा भएको आरोप लगाए । उनले सरकारले किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्ने र पेट्रोलियम पदार्थको मुल्य वुद्धि फिर्ता लिनु पर्ने माग गरे ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments