Incident Reports

मूल्यवृद्धिको विरोधमा नेविसंघद्वारा कावासोतीमा चक्काजाम

2022-06-23

नवलपुर — मूल्यवृद्धिको विरोधमा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नेपाल विद्यार्थी संघले विरोध प्रदर्शनसहित आधा घण्टा चक्काजाम गरेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै खाध्यान्न र अन्य क्षेत्रमा पनि चर्को मूल्यवृद्धि भएको भन्दै मूल्य समायोजन गर्न माग गर्दै नेविसंघले आन्दोलन गरेको हो । विरोध कार्यक्रममा बोल्दै नेविसंघका निवर्तमान केन्द्रीय सदस्य आरसी भट्टराईले नेविसंघ सत्ता नेतृत्व गर्ने नेपाली कांग्रेसको भ्रातृ संगठन भए पनि जनजीविकाको पक्षमा सधै लडिरहने बताए । सत्तामा बस्दा नेतृत्वले जे गरे पनि टुलुटुलु हेरेर बस्नुभन्दा रचनात्मक सहयोग गर्ने र जनताको पक्षमा नरहेको निर्णयमा विरोधमा उत्रिने उनले बताएका थिए । विरोध सभामा सहभागीले मूल्यवृद्धि खारेज गर, जनतालाई क्षति भो, मूल्यवृद्धि अति भो, हाम्री आमा के भन्छिन्, खाने तेल सस्तो ले भन्छिन् लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।  विरोध प्रदशर्नमा जिल्लामा रहेका नेविसंघ इकाईका प्रतिनिधि र जिल्लास्तरका विद्यार्थी नेताहरु सहभागी थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments