Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-06-21

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार ७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ६ गते बलात्कार गरेको भन्ने मौखिक उजुरी परेपछि इलाका प्रहरी कार्यालय नारेश्वरटारले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताउनु भयो । आरोपितलाई कारवाहीको माग गर्दै पीडित पक्षले असार ८ गते इलाका प्रहरी कार्यालय नारेश्वरटारमा लिखित उजुरी दिएको छ । पीडितको स्वास्थ्य परीक्षण असार ८ गते दमौली अस्पतालमा गरिएको छ । आरोपितलाई इलाका प्रहरी कार्यालय नारेश्वरटारको हिरासतमा राखिएको डिएसपी खड्काले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments