Incident Reports

फकाएर घाँस काट्न जंगलमा लगेर श्रीमतीको हत्या

2022-06-24

Lumbini, Arghakhanchi, Malarani, Ward 2

अर्घाखाँचीमा श्रीमानले दाइजो कम ल्याएको भन्दै श्रीमतीको हत्या गरेको छ । मालारानी गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरी बस्ने कमल भुसालले आफ्नी श्रीमतीलाई दाइजो कम ल्याएको भन्दै हत्या गरेको हो । दुई वर्षअघि रूपन्देहीको सैनामैना ४ कि २७ वर्षीय सरु भट्टराई भुसाललाई विवाहको केही समयपछि नै दाइजोको विषयमा श्रीमानले तनाव दिदै आएको स्थानीय बुद्विराम खत्रीले बताए । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले श्रीमतीको हत्या गरेका कमललाई पक्राउ गरेको छ । त्यस्तै उनले श्रीमती हत्या गरी सेउलाले ढाकछोप गरेर फालेका थिए । र यस बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । उनीहरुको एक वर्षको छोरा छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments