Incident Reports

राप्रपाले लगायो कृषि ज्ञान केन्द्रमा ताला

2022-06-27

Lumbini, Banke, Nepalgunj

नेपालगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले जिल्ला कृषि ज्ञान केन्द्रमा ताला लगाएको छ । किसानलाई मल, बिउ उपलब्ध गराउनु पर्ने, गतवर्ष आएको बेमौसमी बाढीले पुर्‍याएको धानबालीको क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर राप्रपा, बाँकेले कृषि ज्ञान केन्द्रमा तालाबन्दी गरेको हो । राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, पूर्वमन्त्री फत्तेसिंह थारु, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, इन्दिरा शाही, सलाउद्दिन सगढलगायतका नेता तथा कार्यकर्ताले केहीबेर नाराबाजी गर्दै कृषि ज्ञान केन्द्रमा तालाबन्दी गरेका हुन् । मल, बिउ उपलब्ध गराउनुपर्ने, गतवर्ष धानबालीमा भएको क्षतिको राहत दिनुपर्नेलगायतका माग राखेर एमाले, बाँकेले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments