Incident Reports

मल उपलव्ध गराउन राप्रपा लमजुङद्धारा एक घण्टे धर्ना तथा कोणसभा

2022-06-27

तत्काल मल उपलब्ध गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङले सरकारलाई ध्यानाकर्षण गराउन कृषि ज्ञान केन्द्र लमजुङमा एक घण्टे धर्ना तथा कोणसभा गरेको छ । राष्टिय प्रजातन्त्र पार्टी लमजुङले हरेक वर्ष मलको अभाव हुने गरेको र हाल साल पनि अहिलेसम्म पनि कृषकले मल नपाएको भन्दै तत्काल कृषकलाई मल, वीउ उपलव्ध गराउनु पर्ने, समयमा मल आपूर्ति गर्न नसक्ने जिम्मेवार पदाधिकारीलाई कारवाही गर्नु पर्ने, आयातमुखी अर्थतन्त्रमा सुधार गरि कृषिको विकास राष्ट्रिय उत्पादन र आय वृद्धिका लागी तत्काल कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्दे कोण सभा गरेको राप्रपा लमजुङका उपाध्यक्ष ठाकुर प्रसाद गुरुङले बताउनु भयो ।उनीहरुले भूमिहीन तथा सुकुम्वासीलाई भूमि उपलव्ध गराउनु पर्ने, कृषि कर्जा शुलभ गर्नु पर्ने, किसानलाई अनुदानमा कृषि सामग्री उपलव्ध गाराइनु पर्नेमा जोड दिनुभएको छ । त्यसै गरि कृषकले आफ्नो अन्न, फलफूल तरकारी, दूध र मासुको उचित मूल्य र बजारको व्यवस्था गरिनु पर्ने, लमजुङका हाडेटार, राइनासटार, रम्घाटार, भोर्लेटार सिंचाइ योजनाको सञ्चालन संगै जिल्लाको अन्य सिंचाइ योजना, कुलो मर्मतका लागि जिसस र नगरपालिकाको ध्यान दिनुपर्ने उपाध्यक्ष गुरुङको भनाई छ । कृषि ज्ञान केन्द्र लमजुङको प्राङगडमा भएको कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दे राप्रपा गण्डकी प्रदेशका सदस्य खड्ग वहादुर गुरुङ, राप्रपा लमजुङका पूर्व अध्यक्ष बालचन्द्र श्रेष्ठ, राप्रपा लमजुङका उपाध्यक्ष ठाकुर गुरुङ, राप्रपा लमजुङका पुर्व सचिव राम वहादुर थापा लगायतले कृषि प्रधानमुलुक नेपालमा बीउ, मल नपाउनु सरकारको नालायकिपन भएको बताएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments