Incident Reports

बोक्सी आरोपमा महिलामाथि कुटपिट

2022-06-28

Madhes, Bara, Pacharauta, Ward 5

बाराको पचरौता नगरपालिका–५ बेल्दारीमा मुस्लिम समुदायकी एक महिलालाई बोक्सी आरोपमा कुटपिट गरिएको छ । ओसी अख्तर अन्सारीकी श्रीमती जयदा खातुनमाथि दुव्र्यवहार तथा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ । अन्सारीको खेतबाट माटो निकालेर लैजाने प्रयास गरेको र रोक्न खोज्दा उल्टै बोक्सी भनेर स्थानीय नसुर्दिन मिया अन्सारी, फुलमहमद अन्सारी, तबरेज अन्सारीसहितको समूहले आफूमाथि कुटपिट गरेको उनले बताइन् । उनीहरुले खातुनलाई कपाल मुन्डन गर्न लगाएर कुटपिट गरी गम्भीर घाइते बनाएका छन । खातुनलाई जोगाउन गएकी उनकी भाउजू सकिना खातुनसमेतलाई कुटपिट गरी घाइते बनाइएको छ । घाइते दुवैजनाको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले बोक्सी आरोपमा कुटपिटगर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments