Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-06-28

Madhes, Saptari, Tirahut, Ward 5

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–५ लोहजराका ३० वर्षीय शम्भु मण्डललाई असार १२ गते गिरफ्तार गरेको छ । घटनापछि 'फरार' रहेका आरोपित घर आएको सूचनाका आधारमा खोज प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । पाँच महिनापछि घर फर्केका आरोपितले पीडितलाई पुनः बलात्कार प्रयास गरेको स्थानीयवासीले बताए । सप्तरी जिल्ला अदालतले आरोपितविरुद्ध ०७८ माघ २६ गते पक्राउ पुर्जी जारी गरेको थियो । पीडित महिलालाई आरोपितले ०७८ पुस १७ गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा माघ २१ गते उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण माघ २१ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरेर इलाका प्रहरी कार्यालय कञ्चनरुपले माघ २२ गते उजुरी दर्ता गरेको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Total Raped 1
Female Raped 1
INSEC

0 Comments