Incident Reports

बालिकालाई करणी गरेको आरोपमा ८० वर्षीय पुरुष पक्राउ

2022-06-30

Bagmati, Sindhupalchok, Sunkoshi, Ward 7

सिन्धुपाल्चोक — जिल्लाको सुनकोसी गाउँपालिका क्षेत्रमा १० वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार बालिका बलात्कारको आरोपमा सुनकोसी गाउँपालिका–७ का ८० वर्षीय दिलबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार बलात्कारका आरोपी बिकलाई राति पक्राउ गरी आवश्यक सोधपुछ र थप अनुसन्धान सुरु गरिएको न्यौपानेले बताए । ‘बलात्कारको घटना हुनु दुखद्‍ हो, आवश्यक कानुनी प्रक्रिया थाल्दैछौं, यसबारे पूरै विवरण आइसकेको छैन,’ उनले भने । बाह्रबिसे नगर ९ स्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पीडित बालिकाको मेडिकल परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको उनले जनाए । आँखामा विभिन्न समस्या देखिएपछि बिकलाई अहिले बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा उपचार गरिँदै गरिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments