Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-06-29

Bagmati, Dhading, Tripura Sundari, Ward 3

५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीका ४० वर्षीय टङ्कबहादुर विकलाई प्रहरीले ०७९ असार १६ गते गिरफ्तार गरेको छ । पीडितका बाबुआमा मेला गएको बेला एक्लै पारेर बालिकालाई असार १५ गते बलात्कार  गर्नुका साथै बालिकालाई बोकेर आफ्नो घरतर्फ लगेको भन्दै पीडित परिवारले असार १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले बताउनु भयो । आरोपित विरुद्ध प्रहरीले अनुसन्धान गरी अदालतमा कारबाहीका लागि सरकारी वकिल मार्फत पेश गर्ने डिएसपी भण्डारीले बताउनुभयो । पीडित परिवारले आरोपितविरुद्ध जबरजस्ती करणी र अपहरण मुद्दामा कारबाही गर्न उजुरी गरेका छन् । पीडितको स्वास्थ्य परीक्षण तथा उपचार असार १६ गते धादिङ अस्पतालमा गरियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments