Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-06-15

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा असार १५ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिनुभयो । राती घरमा सुतिरहेको बेला मादक पदार्थ सेवन गरी यौन दुर्व्यवहार गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्सपेक्टर जगनाथ मरासिनीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असार ५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments