Incident Reports

प्रदर्शनकारीले ढुंगामुढा प्रहार गर्दा १२ प्रहरी घाइते

2022-07-04

Sudurpashchim, Achham, Mangalsen

अछाम — अछामको पञ्चदेवल विनायक–४ का १५ वर्षीय विनोद शाहीको मुत्यु प्रकरणलाई लिएर भएको प्रदर्शनका कारण अछाम तनावग्रस्त बनेको छ । विनोद शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार पर्दशन भएको हो । यस क्रममा प्रर्दशनकारीहरूले सरकारी वकिल कार्यालय र जिल्ला अदालत अछाममा ढुंगामुढा प्रहार गर्दा १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले बताए ।

‘दुई प्रहरी निरीक्षक, महिला प्रहरीलगायत गरी १२ जना प्रहरीलाई गम्भीर चोट लागेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्याससमेत प्रहार गरेको हो’ उनले भने ,‘अदालत र सरकारी वकिल कार्यालयमासमेत ढुंगामुढा प्रहार भएका छन् । अहिले स्थिति नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।’ जिल्लामा शान्ति सुरक्षा कायम गर्न अन्य जिल्लाबाट समेत ठूलो संख्यामा सुरक्षाकर्मी मगाएको उनले बताए । प्रर्दशनकारीले आइतबारदेखि सडकसमेत बन्द गरेकोमा प्रहरीले सडक भने खुलाएको छ ।

गत वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा भेटिएका थिए । शाहीको मृत्यु घटनामा अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्ने भन्दै आरोपित पञ्चदेवल नगरपालिकाकी मेयर अम्बिका चलाउने शनिबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्। अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायण डाँगीका अनुसार चलाउनेसँगै अर्का एक आरोपित शनिबार साँझ प्रहरीकहाँ स्वयं उपस्थित भएका हुन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Other
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 12
National/Online Media

0 Comments