Incident Reports

करणीपछि बालिकाद्वारा आत्महत्या, दोषीलाई पक्राउको माग गर्दै प्रदर्शन

2022-07-05

Madhes, Siraha, Mirchaiya, Ward 1

सिरहामा बालिकालाई करणी गरी आत्महत्या गर्न दुरुत्साहन गर्ने युवकलाई कारबाहीको माग गर्दै स्थानीयहरूले प्रदर्शन गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका १ मल्हनियाँकी १४ वर्षीया बालिकालाई करणी गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै स्थानीयले गाउँकै दुई युवकलाई कारबाहीको माग गरेका हुन् । गत सोमबार राति करिब १ बजे स्थानीयले २० वर्षीय विमलेश महरा र २४ वर्षीय शतिस साफीलाई बालिकासँग फेला परेको बताएका छन् । गाउँलेहरु शतिसलाई समात्न सफल भएका थिए भने विमलेश भागेका थिए । शतिसले विवाह गर्ने प्रलोभन देखाउँदै घरबाट बोलाएर लगेको बालिकाले आफन्तसँग बताएकी छन् । बालिकाका बुवा रोजगारीको लागि कतारमा रहेका छन् । उनी आमा, दाइ, बहिनी र भाइहरूसँगै घरमा बस्दै आएकी थिइन् ।

राति शतिस र बालिका दुवैलाई घर पठाएको भएपनि दोस्रो दिन बालिका घरमै पासो लागेको अवस्थामा फेला परेकी गाउँलेले बताएका छन् । दोषीलाई पक्राउ नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका स्थानीयले प्रहरीले दोषीलाई कारबाही गर्ने भनेपछि शव पोस्टमार्टमका लागि लगिएको हो । यसैबीच परिवारले आजै इलाका प्रहरी कार्यालय मिर्चैयाका विमलेश र शतिसको नाममा किटानी जाहेरी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments