Incident Reports

हतियार देखाएर नगरपालिकाका कर्मचारीलाई धम्की दिने तीनजना पक्राउ

2022-07-07

Sudurpashchim, Kailali, Ghodaghodi

कैलाली : कैलालीमा कर्मचारीलाई घरेलु हतियारसहित धम्क्याउने तीनजना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिकाका कर्मचारीलाई हतियारसहित धम्क्याउने वडा नम्बर २ साँडेपानीका ३६ वर्षीय विरबहादुर बोहरा, २८ वर्षीय भूपेन्द्र रावल र २६ वर्षीय रामप्रसाद चौलागाई पक्राउ परेका हुन् । उनीहरु बुधबार नगरपालिकाको कार्यालयमा घरेलु हतियारसहित प्रवेश गरी भुक्तानीका लागि कर्मचारी धम्कयाएका थिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरु साडेपानीमा रहेको रिफ्रेस रेन्टर निमार्णको भुक्तानी माग गर्दै नगरपालिकाको कार्यालय भित्र हतियारसहित प्रवेश गरेको बताइएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other economic issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments