Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2022-07-05

१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ । पीडित बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी असार २० गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित बालिकाका ३४ वर्षीय काकाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी नरेन्द्रकुमार कार्कीले पुष्टि गर्नु भएको छ । पीडित पक्षको उजुरीलगत्तै आरोपित फरार भएको र खोजी भइरहेको डिएसपी कार्कीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २१ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments