Incident Reports

सल्यानमा १४ वर्षीया बालिका बलात्कृत, दुई जना पक्राउ

2022-07-07

Karnali, Salyan, Kumakhmalika, Ward 1

सल्यान — सल्यानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । कुमाख गाउँपालिका १ शान्तिबजार घर भएकी बालिका बिहीबार राति दुई पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक विक्रम कुँवरका अनुसार ठूलीआमाका घर गएकी उनलाई एक्लै भएको मौका छोपी बलात्कार गरी सोही राती नै दुई पुरुष फरार भएका थिए । बालिका बलात्कार गर्ने दुई पुरुष जाजरकोट जिल्लाको भेरी नगरपालिका १२ नलगाडका २३ वर्षीय रमेश भण्डारी र २१ वर्षीय डिल्ली बस्नेत रहेको पीडितका आफन्तले दिएको उजुरीअनुसार खुलेको र जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहकार्यमा निजकै घरबाट पक्राउ गरिएको प्रनि कुँवरले जानकारी गराए । बालिकाको अस्पतालमा उपचार भइरहेको छ । पक्राउमा परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सल्यान ल्याउन थालिएको र जिल्ला प्रहरी कार्यालय सल्यानको टोली उक्त क्षेत्रमा गइसकेको उनको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments