Incident Reports

ललितपुरमा २४ वर्षीया महिला बलात्कृत

2022-07-03

Bagmati, Lalitpur, Mahalaxmi, Ward 4

ललितपुर। ललितपुरमा एक जना २४ वर्षीया महिला बलात्कृत भएकी छन् । महिलालाई बलात्कार गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–४ इमाडोल सेतीपाखा डेरा गरी बस्ने सप्तरी कन्चनरुप नगरपालिका–१० घर भएका २५ वर्षीय मोआत हुसेन र मरोङ बढिगंगा गाउँपालिका–५ घर भएका ३५ वर्षीय इलिभास मिया रहेका छन् । उनीहरूले ती महिलालाई इमाडोल सेतीपाखास्थित आफ्नो डेरा कोठामा लगी आइतबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले दुवैजनालाई गोदावरी नगरपालिका–१ गोदामचौरबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments