Incident Reports

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

2022-07-01

Province 1, Panchthar, Phidim, Ward 14

पाँचथर, असार २५ गते । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तमाखे रानिटारबाट खटिएको प्रहरीले ३५ वर्षीय श्रीमती निला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा फिदिम नगरपालिका–१४ बुर्दुम बस्ने ४० वर्षीय श्रीमान् राजकुमार राईलाई पक्राउ गरेको हो । राजकुमारले घरायसी वादविवादको क्रममा असार १७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी निलाको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो । उपचारको क्रममा निलाको मृत्यु भएको खबरका आधारमा रानिटारबाट खटिएको प्रहरीले राजकुमारलाई शुक्रबार राति पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments