Incident Reports

कांग्रेस वडाध्यक्षविरुद्ध बलात्कार प्रयासको आरोप, १४ वर्षीया बालिकाले दिइन् प्रहरीमा जाहेरी 

2022-07-02

Bagmati, Makawanpur, Hetauda, Ward 1

मकवानपुरको कैलाश गाउँपालिका–९का वडाध्यक्षविरुद्ध बलात्कार प्रयासको आरोपमा किटानी जाहेरी दर्ता भएको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वडाध्यक्ष भुवनसिं घलानविरुद्ध १४ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको जाहेरी दर्ता भएको हो।

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार किशोरीकाे जाहेरी दर्ता गरिएको छ। १८–१९ मा हेटौँडामा आयोजित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा आएकी कैलाश गाउँपालिका–९ मा रहेको कालिका माविमा अध्ययनरत छात्रामाथि घलानले बलात्कार प्रयास गरेको आरोप छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किशोरीले दिएको जाहेरीमा आफूसहित साथीहरू बसेको होटेलको कोठामा मध्यरातमा आएर वडाध्यक्ष घलानले आफूमाथि बलात्कार गर्न खोजेको आरोप लगाएकी छिन्। किशोरी रनिङ सिल्डमा लङ्जम्पमा विद्यालयको तर्फबाट सहभागी थिइन्।

१९ असारमा खेलमा सहभागी हुन उनी १८ असारमा हेटौँडा उपमहानगरपालिका–१ जरुवाटोलमा रहेको आसन गेस्ट हाउसमा वास बसेकी थिइन्। सुतिरहेकै वेला १८ असार रातीिसाढे १२ बजे वडाध्यक्ष प्रवेश गरी अन्य दुई विद्यार्थीलाई समेत दुर्व्यवहार गरेको र आफूलाई बलात्कार गर्ने प्रयास गरेको आरोप जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ।

कांग्रेसबाट विजयी भएका वडाध्यक्ष घलानबारे नेपाली कांग्रेस कैलाश गाउँपालिका कार्य समितिले पत्रकार सम्मेलनसमेत गरेको छ। कांग्रेस कैलाशले पत्रकार सम्मेलन गर्दै चुनाव हारको झोकमा विपक्षीले फसाउन खोजेको दाबी गरेको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments