Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2022-07-10

सोलुदूधकुण्ड नगरपालिका–५ की ५५ वर्षीया बुधमाया कामीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५९ वर्षीय पति सुब्बा कामीलाई असार २६ गते गिरफ्तार गरेको छ ।घरायसी विवादका क्रममा आरोपितले असार २६ गते खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको पीडितका २५ वर्षीय छिमेकी लाक्पा शेर्पाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पतिले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा असार २७ गते गरिने तयारी गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments