Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

2022-07-03

Madhes, Rautahat, Chandrapur, Ward 4

६ वर्षीया बालिकालाई ०७९ असार १९ गते चन्द्रपुर नपा–४ का ५५ वर्षीय बन्हु चौधरी थारुले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाको आमाले इलाका प्रहरी कार्यालय चन्द्रपुरमा असार २१ उजुरी दिएकी छिन् । पीडित परिवारले दिएको उजुरी सोही दिन दर्ता गरी घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरका डिएसपी सन्तुलाल प्रसाद जयसवालले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल गौरमा असार २१ गते गरिएको अस्पतालका डा. कृष्ण साहले बताउनु भयो । आरोपित थारुलाई असार २१ गते घरबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी जयसवालले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments