Incident Reports

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

2022-06-30

Madhes, Sarlahi, Basbariya, Ward 4

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बसबरीया गाउँपालिका–४ का २४ वर्षीय राजु भनिने रघुबेन्द्र यादवलाई असार २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार २३ गते उजुरी दिएको पीडित बालिकाको बुवाले जानकारी दिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद बुढाथोकीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २४ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments