Incident Reports

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

2022-07-05

Lumbini, Rupandehi, Butwal, Ward 11

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उप–मनपा–११ बस्ने ३२ वर्षीय कमल बिक र सोही ठाउँका ३४ वर्षीय दिपक बिकलाई असार २२ गते बुटवलबाटै गिरफ्तार गरेको छ ।

पीडित छोराको उपचार गर्न आएको अवस्थामा आरोपितले असार २१ गते  सहयोग गर्ने बहानामा बलात्कार गरेको भन्दै पीडितले  असार २२ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भयो ।

उजुरीका आधारमा प्रहरीले दुबै जनालाई गिरफ्तार गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसीले फोन मार्फत बताउनु भयो ।

आरोपित गाउँकै दाजुभाई भएकोले विश्वास गर्दा घटनामा परेको पीडित महिलाले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २२ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments