Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-07-10

Lumbini, Nawalparasi West, Bardaghat, Ward 5

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–५ पालडाँडाका ४५ वर्षीय लोकमान गुरुङलाई असार २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २६ गते दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले असार २६ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिनु भएको छ ।

आफू घाँस काट्न जङ्गल गएको र घरमा कोही नभएको मौका छोपेर यौन दुर्व्यवहार गरेको पीडितकी आमाले बताउनु भयो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी बाल यौन दुरूपयोग मुद्दा चलाइएको इन्सपेक्टर बिरेन्द्र केसीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असार २६ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments