Incident Reports

सडकमा कार्यालय सञ्चालन गरेर विरोधमा उत्रिए वडाअध्यक्ष

2022-07-11

Bagmati, Bhaktapur, Changunarayan

काठमाडौं, असार २८ गते। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर नगरकोटका वडाअध्यक्ष धनबहादुर लामाले सडकमा कार्यालय सञ्चालन गर्नुभएको छ। उहाँले सोमबारदेखि सांकेतिक विरोध स्वरुप सडकमा वडा कार्यालयको काम सुरु गर्नुभएको हो।

सडक निर्माणका लागि सरोकारवाला निकायमा पटक–पटक अनुरोध गर्दा पनि सडक लथालिङ्ग राखिएका कारण विरोध जनाउनुपरेको उहाँको भनाइ छ। लामा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सो वडाको अध्यक्षमा निर्वाचित हुनुभएको हो।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments