Incident Reports

ठाकुरराम बहुमुखी क्याम्पसमा तोडफोड र आगजनी

2022-07-15

Madhes, Parsa, Birgunj

वीरगन्ज : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गर्दै आगजनीसमेत गरेका छन् । परीक्षा केन्द्र वीरगन्ज बाहिरको क्याम्पसमा तोकिएको भन्दै आक्रोशित विद्यार्थीहरुको समूहले शुक्रबार साँझ क्याम्पस प्रमुखको कार्यकक्षभित्र तोडफोड गर्दै फर्निचरहरुमा आगजनी गरेका हुन्। प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षका टेबुल, कुर्सी, बेन्च र सोफा बाहिर निकालेर आगजनी गरेका हुन्। विद्यार्थीहरुले फर्निचरमा लगाएको आगो वीरगन्ज महानगरपालिकाको वारुणयन्त्र बोलाएर निभाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले बताए।

उनले भने, ‘प्रहरी पुग्दा आगो लगाउनेहरु भागिसकेका थिए, अरु ५०/६० जनाले भने परीक्षा सेन्टर अन्यत्र सारेको भन्दै क्क्याम्पस प्रमुख विरुद्ध नाराबाजजी गरिरहेका थिए।’ ठाकुरराम बहुमुखी क्याम्पसको तीन वर्षे बीएडको परीक्षा सेन्टर सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा र चार वर्षे बीएडको परीक्षा बाराको कलैयास्थित रामराजा शाह बहुमुखी क्याम्पसमा तोकिएपछि विद्यार्थीहरुले आक्रोश पोख्दै तोडफोड र आगजनी गरेका हुन्। क्याम्पस प्रमुख उमेश चौरसियाले परीक्षा सेन्टर अन्यत्र सारिएको निहुँमा क्याम्पसमा तोडफोड र आगजनीका घटना हुनु निन्दनीय भएको बताए। परीक्षा सेन्टर क्याम्पस प्रमुखले नभई त्रिभुवन विश्वविधालयको राष्ट्रिय परीक्षा बोर्डले तोक्ने भएकाले विद्यार्थीले आफू पढेको शिक्षण संस्थामै क्षति पुर्‍याउनु दुर्भाग्य भएको उनले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violent demonstration
Weapons Fire
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments