Incident Reports

छोराको लाठी प्रहारबाट आमाको मृत्यु

2022-06-20

Lumbini, Arghakhanchi, Sitganga, Ward 4

अर्घाखाँची । अर्घाखाँचीमा छोराको लाठी प्रहारबाट घाइते भएकी आमाको मृत्यु भएको छ ।जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४ का २६ वर्षिय हेमन्त कार्कीले असार ६ गते आफ्नै आमा ५२ वर्षिय कमला कार्कीलाई घरासी विवाद हुँदा लाठी प्रहार गर्दा नाकको बीच भागमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा गएराति काठमाडौंको टिचिङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिनुभयो । हेमन्तलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको छ । आजै अदालतमा पेश गरि म्याद थपगरि अनुसन्धान गरिने प्रहरी निरिक्षक रेग्मीले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments