Incident Reports

बाख्रा चराउन गएको मौकामा बालिकालाई जबरजस्ती करणी

2022-05-28

Province 1, Sunsari, Barah, Ward 3

सुनसरी बराहक्षेत्रको ग्रामीण भेगका अधिकतर बुढापाकाको दैनिकी बाख्रा चराउने र गाइवस्तुको स्याहार गर्नेमा वित्छ। तिनै बुढापाकाको सिको गरेर आठ वर्षीया बालिका पनि स्कुल विदा भएको बेला बाख्रा चराउन जाने गर्थिन्। उनी बाख्रा चराउन गएको बेला बुढापाकाको साहरा खोज्नु स्वाभाविक हो। तर, बुढापाका अनि आफूले बुबा भनेर मानेका एक जनाले बालिकामाथि जबरजस्ती करणी गरेका छन्। बालिकालाई जबरजस्ती करणी गर्ने बराहक्षेत्र वडा नं.३ का ६० वर्षीय इन्द्रबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीका प्रहरी निरीक्षक टीका कार्कीले पीडित बालिकाका आफन्तले उजुरी गरेलगतै बस्नेतलाई पक्राउ गरेर केरकार गर्दा स्वीकारेको बताए।

बस्नेतले ती बालिकालाई अन्तिम पटक जेठ १४ गते जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ। पीडित बालिकाका अनुसार बस्नेतले पटक–पटक गरेर चारपटक जर्वरजस्ती करणी गरेका थिए। ‘आमालाई नभनी दे, भनीस भने ठीक हुँदैन भनेर डर देखाएपछि थुप्रै दिनसम्म कसैलाई केही नभनेको हो,’ बालिकाले नागरिकसँग भनिन, ‘एकपटक त भाग्न खोज्दा मेरो कपडा पनि च्यातिएको थियो।’ पीडित बालिकाका बाबुका अनुसार बालिकाले पिसाव गर्दा पोल्ने गरेको र स्कुल जादा साइकल लिएर जान जहिल्यै रहर गर्ने गरेकोमा साइकल चलाउन समेत नसक्ने भनेपछि स्थानीय क्लिनिकमा लादा जर्वरजस्ती करणी भएको खुलेको थियो। त्यसपछि प्रहरीमा खबर गरिएको थियो।  यतिबेला बस्नेत पक्राउपछि आफन्तले पीडित बालिकाका आफन्तलाई धम्की दिदैै आएको बताएका छन्। ‘बस्नेत परिवारले यतिबेला हामीलाई केही गर्न सक्दैनन्, प्रहरीमा गएर छोड्न नभने ठीक पार्ने गाउँलेबाट सन्देश पठाएर धम्की दिदै आएका छन,’ पीडित बालिकाका बाबुले भने।

डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही बालिका वा महिलामाथि जर्वरजस्ती गरिन्छ भने त्यसलाई नै जर्वरजस्ती करणी मानिन्छ। आफन्त, शिक्षित, देशका रक्षक एवं गाउँघरका भलादमीबाटै जबरजस्ती करणीका घटना हुने गरेका छन्। जर्वरजस्ती करणीका घटना सुनसरीमा वर्षेनी उकालो लाग्दो छ। समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृति र अपराधको राजनीतिकरणले गर्दा बालिका तथा महिलामाथि घिनलाग्दो रुप जर्वरजस्ती करणीका घटनामा उकालो लागेको प्रहरीले जनाएको छ। सुनसरीमा २०७८ साउनदेखि २०७९ असार मसान्तसम्म १०० वटा जर्वरजस्ती करणीका मुद्दा दर्ता भएका छन्। जर्वरजस्ती करणी उद्योगमा २८ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनायो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments