Incident Reports

सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

2022-07-17

Bagmati, Sindhupalchok, Sunkoshi, Ward 5

३ साउन, काठमाडौं । सुस्त मनस्थितिकी एक बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोकका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ हलेगाभा बस्ने ५६ वर्षीय डम्मर बहादुर भुजेललाई प्रहरीले सोमबार बिहान २ बजे घरबाटै पक्राउ गरेको हो । पधेरोटोल भन्ने स्थानको बाटोमा १२ वर्षीया एक बालिकालाई साउन १ गते बेलुका साढे ७ बजे जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा भुजेललाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्ष कुमार बस्नेतले जानकारी दिए । उनीमाथि जवरजस्ती करणी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments