Incident Reports

छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड

2022-07-20

Bagmati, Makawanpur, Hetauda

परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौंडा क्याम्पसमा बिएड दोस्रो वर्षको परीक्षा दिन आएका २ जना छात्राहरुलाई चिट लिएर आएको भन्दै क्याम्पस प्रशासनले दुर्व्यवहार गरेको आरोप छ । हेटौंडा क्याम्पसका दुई कर्मचारीले चिट ल्याएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका छात्राहरुको छौ भन्दै पाइन्ट र भित्री कपडा समेत खोल्न लगाएको आरोप छ । दुई छात्रामध्ये ए जना महिनावारी भएको र आफूसँग चिट नभएको भन्दासमेत उनले प्रयोग गरेको सेनेटरी प्याड खोल्न लगाइएको विद्यार्थीहरुले आरोप लाएका छन् । उनीहरुले हेटौंडा क्याम्पसमा तोडफोड समेत गरेका छन् । उनीहरुले ढुङ्गा प्रहार गर्दा क्याम्पसको भवनको सिसा फुटेका छन् । त्यस्तै उनीहरुको ढुङ्गा प्रहारबाट २ जना प्रहरी समेत घाइते भएका छन् भने प्रदर्शनमा ढुङ्गा प्रहार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको समाधानका लागि विद्यार्थी संगठनसहित राजनीतिक दल र क्याम्पस प्रशासनबीच ३ घण्टादेखि वार्ता जारी छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth unknown
National/Online Media

0 Comments