Incident Reports

परीक्षा दिन पुगेका छात्रामाथि दुर्व्यहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड

2022-07-20

Bagmati, Makawanpur, Hetauda

मकवानपुरको हेटौंडा क्याम्पसमा परीक्षा दिन पुगेका छात्रामाथि कर्मचारीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले तोडफोड गरेका छन्। बुधबार बिहानदेखि विद्यार्थीहरूले आन्दोलन गरेका थिए। पछि आन्दोलनले उग्र रूप लिएपछि विद्यार्थीहरूले क्याम्पसमा ढुंगामुढा गरेका हुन्। मंगलबारबाट स्नातक तह दोस्रो वर्षको परीक्षा सुरू भएको थियो। कलेजमा परीक्षा दिन पुगेका दुई जना छात्रालाई त्यहाँका कर्मचारीले चिट ल्याएको भन्दै कपडा खोल्न लगाएको छात्राहरूले बताएका छन्। ती छात्राहरू मकवानपुर क्याम्पसका हुन्। उनीहरूको परीक्षा केन्द्र हेटौंडा क्याम्पसमा परेको हो। मकवानपुर क्याम्पसका एक विद्यार्थीका अनुसार क्याम्पसका कर्मचारीहरूले त्यसरी दुर्व्यवहार गरेपछि बुधबार आन्दोलन गरिएको हो। ‘हिजो त्यसरी दुर्व्यवहार गरेको बाहिरिएपछि हाम्रो क्याम्पसबाट आज बिहान ९ बजे सबै आन्दोलन गर्न निस्किएका थियौं,’ ती विद्यार्थीले भने, ‘चिट ल्याएको भन्दै कपडा खोल्न लगाएका रहेछन्।’ क्याम्पसले पनि विज्ञप्ति जारी गरी यस घटनाबारेमा छलफल भइरहेको र छानबिन हुने जनाएको छ। ‘यसबारेमा सम्बन्धित पीडित पक्षका विद्यार्थी, अभिभावक तथा जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरूसँग छलफल भइरहेको र छानबिन गरी दोषी प्रमाणित भएमा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ क्याम्पस प्रमुखले हस्ताक्षर गरेको विज्ञिप्तिमा भनिएको छ। छलफल भइरहेको हुँदा सबैलाई संयमित भइदिन पनि क्याम्पसले अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार अहिले स्थिति नियन्त्रणमा आइसकेको छ। प्रहरीले तोडफोडमा संलग्न चार जना विद्यार्थीहरूलाई पनि नियन्‍त्रणमा लिएको थियो। अहिले उनीहरूलाई छाडिसकेको छ।क्याम्पस प्रशासन र विद्यार्थीहरूबीच सहमति पनि भइसकेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। ‘परीक्षा दिन जाँदा क्याम्पसका महिला कर्मचारीले चेक गर्दा दुर्व्यवहार भयो भन्ने कुरा आयो। सुरूमा एक जना छात्राको टाइबाट चिट फेला पर्यो। अर्कोमा पनि चेक गर्दा चिट निस्कियो,’ कार्कीले भने, ‘त्यसपछाडि अर्का छात्रालाई भित्र लगेर चेक गरिएको रहेछ। तर चिट फेला परेको थिएन।’ घटना बाहिरिएपछि क्याम्पसले ती कर्मचारीलाई चेक गराउनको लागि नराख्ने सहमति भएको उनले बताए। त्यस्तै घटनाबारे छानबिन गर्न क्याम्पसले समिति पनि बनाएको छ। ‘विद्यार्थी र शिक्षकहरू भएको समितिले छानबिन गरी प्रतिवेदन बुझाउने र दोषीमाथि कारबाही गर्ने भनिएको छ,’ उनले भने।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments