Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

2022-07-21

Madhes, Siraha, Lahan

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले लहान नगरपालिका–२ निवासी लहान नगरपालिकाका उपप्रमुख ३८ वर्षीय रामचलितर महतोविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा साउन ५ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले जेठ १९ गते नगरपालिकामा जागिर लगाइदिन्छु भनी बोलाएर बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ । पीडित महिलालाई आरोपितले घटनाबारे कतै बताए ज्यान मार्ने भनी धम्की दिएका कारण उजुरीमा ढिलाई भएको पीडित महिलाले बताइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा साउन ५ गते गरिएको छ । घटनाको अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शुभाष बुढाथोकीले बताउनु भयो । आफ्नोे राजनीतिक छवि बिगार्न र आफूलाई बदनाम गर्न योे षडयन्त्र रचिएको आरोपित महतोले प्रतिक्रिया दिनु भएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments