Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-07-12

Province 1, Dhankuta, Mahalaxmi, Ward 7

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–७ का १५ वर्षीय बालकलाई साउन ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ८ गते प्रहरी चौकी जितपुरमा उजुरी दिएको थियो । पीडित बालिकालाई आरोपितले असार २८ गते महालक्ष्मी नगरपालिका–७ स्थित लक्ष्मी खोलामा पौडी खेल्न जाने क्रममा बलात्कार गरेको पीडित बालिकाका २१ वर्षीय दाजुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित पक्षको उजुरी आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चीरञ्जीवी दाहालले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ९ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments