Incident Reports

थाहा खबर: विद्युत चुहावट रोक्न गएकामाथि आक्रमण

2022-07-25

Madhes, Rautahat, Baudhimai, Ward 6

रौतहट : रौतहटमा विद्युतका कर्मचारी र प्रहरीको टोलीमाथि आक्रमण भएको छ। जिल्लाको दक्षिणी भेगमा रहेको बौधिमाई नगरपालिका वडा नं ६ पिपरिया गाउँमा विद्युतका कर्मचारी र प्रहरीको टोलीमाथि आक्रमण भएको हो। देवाहीगोनाही सशस्त्र बेस क्याम्प, इलाका प्रहरी कार्यालय मौलापुर र नेपाल विद्युत प्राधिकरण मौलापुरद्वारा संयुक्त रुपमा खटिएको विद्युत चुहावट नियन्त्रण टोलीमाथि गाउँलेले आक्रमण गरेको मौलापुर वितरण केन्द्रका प्रमुख संदिप दासले जानकारी दिएका छन्। उनीहरुमाथि आइतबार साँझ आक्रमण भएको बताइएको छ। आक्रमणकारीले विद्युतको गाडीमा समेत तोडफोड गरि ढुंगामुढा गरेको दासले बताए। आक्रमणमा गाडीको सिसा फुटेको छ भने केही कर्मचारी र प्रहरीलाई कुटपिट गरि चुहावट नियन्त्रण टोलीद्वारा जफत गरिएको २५ वटा मोटरसमेत खोसिएको दासले बताएका छन्। विद्युतका कर्मचारीको मोबाइल फोनसमेत खोसेर लगेको नेपाल विधुत प्राधिकरण मौलापुर वितरण केन्द्रले जनाएको छ।

आक्रमणमा सशस्त्र प्रहरीका २ जना, नेपाल प्रहरीका ४ जना, विद्युतका कर्मचारी ६ जनालाई ढुंगामुढाबाट चोटपटक लागेको छ। आक्रमणपछि प्राधिकरणले पिपरिया गाउँ भरिको विद्युत काटेर ब्ल्याक आउट गरिएको विद्युतका कर्मचारी संजिप यादवले जानकारी दिए। हुकिङ्ग गरेर विद्युत चुहावट भईरहेको सूचना पाएपछि सो टोली अजगैबी, बौधा पतौरा हुँदै पिपरिया गाउँ पुगेको थियो। विद्युत चुहावट बढेको भन्दै सूचना आउन लागेपछि प्राधिकरण मौलापुर प्रमुख दासले त्यस्तालाई कारवाही गर्ने बताउँदै चुहावट नियन्त्रण टोली खटाएका थिए। तर उल्टै विद्युत चुहावट गरिरहेकाहरूले नै चुहावट नियन्त्रण टोलीमाथि आक्रमण गरेका छन्। गुन्डागर्दी शैलीमा आक्रमण भएको भन्दै प्रमुख दासले दोषीमाथि कारबाही गर्न माग गरेका छन्। यस विषयमा नेपाल विधुत प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौंमा जानकारी दिँदै दोषिमाथि कडा भन्दा कडा कार्यवाही गर्न माग गरिएको उनले बताएका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 12
National/Online Media

0 Comments