Incident Reports

बालिकालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

2022-07-24

Lumbini, Dang, Rapti

दाङ – दाङमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। राप्ती गाउँपालिका–५ स्थित स्टार समिटमा कार्यरत ५० वर्षीय शिक्षक श्यामलाल चौधरीलाई सोही विद्यालयमा अध्ययनरत पाँच वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोमवार पक्राउ गरेको हो।

बालिकाले नुहाउने क्रममा आमालाई गुप्तांग दुखेको बताएपछि शिक्षकले दुर्व्यवहार गरेको रहस्य खुलेको हो। अभिभावकको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाले शिक्षकलाई नियन्त्रणमा लिएको छ।अभिभावकको किटानी जाहेरीको आधारमा शिक्षकमाथि छानबिन गरेर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments