Incident Reports

बेचबिखन तथा बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-07-22

Lumbini, Banke, Nepalgunj

१४ वर्षीया बालिकालाई बलात्कार र बेचबिखन, ओसारपसार तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–२० का २० वर्षीय फिरोज शेखलाई साउन ६ गते गिरफ्तार गरेको छ ।

घरबाट कम्प्युटर कक्षाका लागि कञ्चनरुप नपा–८ बेरियर चोकस्थित एक कम्प्युटर सेन्टरमा गएको बेला असार ३१ गते दिउँसो बालिका अपहरणमा परेको पीडित परिवारले जनाएको छ । आरोपितले बालिकालाई प्रलोभनमा पारी अपहरण गरी विभिन्न होटलमा राखी बलात्कार गरी विभिन्न ठाउँमा बन्धक बनाई गाडीमा चढाई भारत लगी बेचबिखन गर्न खोजेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा साउन ५ गते उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय कञ्चनरुपले साउन ५ गते मानव बेचबिखन, ओसारपसार तथा शरीर बन्धक र बलात्कारको उजुरी दर्ता गरेको छ ।

विभिन्न होटलमा बस्दा राखेको आरोपितको नागरिकता, मतदाता परिचय पत्र र मोबाइल नम्बरको आधारमा लोकेशन पत्ता लगाउँदै नेपालगञ्ज पुगेका पीडितका परिवारका सदस्यहरूले नेपाल भारत सीमा रुपैडिया बोर्डर पार गरी भारततर्फ लैजान लागेको बेला भारतीय प्रहरीको सहयोगमा बालिकालाई उद्धार गरी आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । आरोपितलाई बाँके प्रहरीको सहयोगमा सप्तरी ल्याएपछि कारवाही प्रकृया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी रामकुमार यादवले बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण साउन ६ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments