Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-07-21

Madhes, Saptari, Kanchanrup

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको मधुवनी जिल्ला लदनीया थाना पिपराही गाउँ घर भई सप्तरी जिल्ला कञ्चनरुप नपा–६ घोघनपुरस्थित मदरसामा अध्यापनरत शिक्षक २७ वर्षीय मोहम्मद इमरानलाई साउन ७ गते गिरफ्तार गरेको छ ।

पढन गएकी बालिकालाई विद्यालय छुट्टी पश्चात अन्य विद्यार्थीहरू घर फर्किएपछि मदरसाको भवनको मौलवी बस्ने कोठाभित्र लगेर आरोपितले साउन ५ गते बलात्कार गरेको पीडितले बताइन् । पीडितकी आमाले साउन ५ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी छिन् ।पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते गरिएको छ । आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले साउन ६ गते उजुरी दर्ता गरेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments