Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-09-07

Karnali, Jajarkot, Tribeni Nalagad, Ward 10

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नलगाड नगरपालिका–१० मेदेका २३ वर्षीय विश्व ध्यारलाई साउन १० गते गिरफ्तार गरेको छ । बालिकालाई ०७८ भदौ २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) मा ०७८ भदौ २५ गते उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा फरार रहेका आरोपितलाई इलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरीको टोलीले घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिनु भएको छ । साथै डिएसपी निरौलाले घटना रुकुम (पश्चिम) को भएको र उजुरी पनि उही दिएकाले आरोपितलाई रुकुम (पश्चिम) पठाउने बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण नगर अस्पताल आठविसकोटमा ०७८ भदौ २५ गते गरिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments