Incident Reports

घाँस काट्न गएकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

2022-07-28

Lumbini, Rupandehi, Sainamaina, Ward 5

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–५ स्थित नेवारडाँडा जंगलमा घाँस काट्न गएकी १९ वर्षीया युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना स्थित गढवा घर भएका ४८ वर्षीय निलमणि दमाई छन् । साउन १० मा बारुलाले टोकेर युवती चिच्याएको सुनेर दाउरा काटिरहेका निलमणि युवती भएको ठाउँमा पुगेका थिए । सहयोग गर्ने बहाना बनाएर उनले बलात्कार प्रयास गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले रातोपाटीलाई बताए । बलात्कार प्रयास भएपछि युवती बलपूर्वक उनको पञ्जाबाट फुत्केर भागेकी थिइन् । आरोपितविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको इन्स्पेक्टर मरासिनीले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments