Incident Reports

झडप राेक्न १५ सेल टियर ग्याँस प्रहार : ११ जना घाइते

2022-07-28

Madhes, Bara, Simraungadh

बारा, साउन १२ गते । कर्मचारी हेरफेर गरेको विरोधमा बिहिबार दुई पक्षबीच भएको विवाद रोक्न प्रहरीले १५ सेल टियर ग्याँस चलाएको छ । बाराको सिम्रौनगढ नगरपालिकाका शिक्षा र स्वास्थ्य शाखा संयोजकलाई सो पदबाट हटाएर अन्यमा सरुवा गरेको भन्दै कर्मचारीहरुबीच भएको विवाद रोक्न बारा प्रहरीले टियर ग्याँस चलाएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । पालिकामा कर्मचारीहरुबीच भएकोे विवादसहितका झगडा रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरीले ग्याँस फायर गरेर विवादित ब्यक्तिहरुलाई तितरबितर गरिएको उहाँले बताउनुभयो ।

झड्पसहितका विवादमा प्रहरी चार, नगरप्रहरी तीन र सर्वसाधारण चार जना गरी ११ जना घाइते भएका छन् । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भई फिर्ता गएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ । अहिले सिम्रौनगढको वातावरण सामान्य रहेको तथा राती कुनै अप्रिय घटना हुन नदिन घेरै सङ्ख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको बाराका प्रहरी प्रवक्ता थापाले बताउनुभयो । पूर्व नगरप्रमुख बिजयशंङ्कर प्रसाद यादव नजिक रहेका शिक्षा र स्वास्थ्य शाखाका कर्मचारीलाई अन्य पदमा सरुवा गरेकोमा उनीहरुका समर्थकले विरोध गर्दै पालिकाको निर्णय नमानेपछि विवाद सिर्जना भएको प्रमुख किशोरी साह कलवारले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Other
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 11
National/Online Media

0 Comments