Incident Reports

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उजुरी, आराेपित फरार

2022-07-20

Province 1, Khotang, Jantedhunga, Ward 3

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका दिवाहाङ भनिने देव वान्तवा राई विरुद्ध जबरजस्ती करणीकाे जाहेरी दर्ता भएको छ । मावली घरमा बसेर कक्षा ९ मा पढ्दै गरेकी १३ वर्षीया एक बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको दाबीसहित अभियुक्त राई विरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो ।

पूजामा छिमेकीको घर गएको बेला २९ चैत २०७८ राति ‘हिँड मेरो घर जाउँ’ भनेर आफू सुत्ने कोठामा लगेर पहिलोपल्ट जबरजस्ती करणी गरेका अभियुक्तले ‘कसैलाई भने वा उजुरबाजुर गरे मारिदिने’ धम्की दिएकाले घटना बारे तत्काल कसैलाई नभनेको पीडितको जाहेरीमा उल्लेख छ । त्यस यता पटक–पटक जवरजस्ती करणी गरेका आरोपितले पुन: ३० असार २०७९ मा जबरजस्ती गर्ने प्रयास गर्दा भागेर शौचालयमा चुकुल लगाएर बसेर बचेको पीडित बालिका बताउँछिन् ।

रक्सी सेवन गरेर ‘मसँग हिँड’ भनेपछि अस्वीकार गर्दा हातपात गर्न खोजेपछि शौचालयमा लुकेकोको अवस्थामा शौचालय बाहिर बसेर ‘छिटो निक्ली’ भन्दै कुरेको बेला अन्य स्थानीय आएपछि प्रतिवादी घर गएको जाहेरीमा भनिएको छ । डर धम्कीका कारण कसैलाई केही नबताएकी बालिकाले पटक–पटक जबरजस्ती करणी गर्न खोजेकाले बाध्य भएर छिमेकी भाउजूमार्फत घटना सार्वजनिक गरेका हुन् ।

घटना सार्वजनिक भए लगत्तै पीडित पक्षले गएकाे ५ साउनमा दोषिलाई कारबाही गर्नुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय चिसापानी, जन्तेढुंगामा जाहेरी दिएका थिए । तर इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमै जाहेरी दिन भनेपछि जिल्ला प्रहरी कार्यालय पुगेर दोषि बिरुद्ध जाहेरी दिइएको हो ।

‘मिल्न’का लागि दबाब दिँदै आएका आरोपित प्रहरीमा जाहेरी परे लगत्तै फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments