Incident Reports

टरिगाउँ बिमानस्थलको ईन्धन डिपो कार्यालयमा ताला

2022-07-31

Lumbini, Dang, Tulsipur

दाङस्थित तुलसीपुर टरिगाउँ बिमानस्थलमा रहेको ब्राउजर मेशिन अन्यत्र लैजान थालेको भन्दै तुलसीपुरका बासिन्दाहरुले बिमानस्थलमा तालाबन्दी गरेका छन्।

उनीहरुले बिमानस्थलको ब्राउजर मेशिन र ट्यांकर राखिएको स्थान हवाई ईन्धन डिपो कार्यालयमा तालाबन्दी गरेका हुन्। नेपाल आयल निगमले यो बिमानस्थलमा रहेको ब्राउजर मेशिन अन्य लैजान लागेकाले तालाबन्दी गर्नु परेको स्थानीयको भनाई छ। यो बिमानस्थलमा ईन्धन डिपो स्थापनाको काम अन्तिम चरणमा पुगिसकेको छ।

तर जहाजमा ईन्धन भर्नका लागि प्रयोग गरिने ब्राउजर मेशिन नै अन्यत्र लैजान थालिनु यो बिमानस्थल बन्द गराउने नियत देखिएको स्थानीयको भनाई छ। ‘ठूलो पहल कदमीमा दाङमा ल्याईएको ब्राउजर मेशिन कुनै पनि हालतमा यहाँबाट लैजान दिँदैनौँ,’ तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले भने ‘यसरी ब्राउजर मेशिन लैजान खोज्नु सिंगो दाङमाथिको आघात हो।’ 

उनका अनुसार गत शुक्रबार आयल निगमले यहाँ रहेको ब्राउजर मेशिन फिर्ता लैजाने निर्णय गरेको थियो। यो जानकारी शनिबार दिउँसो मात्रै उद्योग बाणिज्य संघले पाएको थियो। ‘अस्ति नेपाल आयल निगमले ब्राउजर मेशिन लैजाने निर्णय गरेको रैछ,’ चालिसेले भने ‘हामीहरुले हिँजो थाहा पायौँ र हामी सबै सरोकारवालाहरु बिमानस्थलमा गयौँ र ब्राउजर राखेको हवाई ईन्धन डिपो कार्यालयको गेटमा ताला लगाएका छौँ।’

यता ईन्धन डिपो कार्यालय दाङका प्रमुख विपिन श्रेष्ठले भने यहाँ रहेको ब्राउजर मेशिन आयल निगमले रामेछापको मन्थलीमा पठाउने र यहाँका लागि अर्को ब्राउजर मेशिन ल्याउने निर्णय गरेको जानकारी दिए। ‘यहाँ रहेको ब्राउजर मेशिनको खासै काम भएन र यसलाई रामेछापको मन्थलीमा लैजाने भनेर आयल निगमले निर्णय गरेको रहेछ,’ उनले भने, ‘यहाँका लागि अर्को ब्राउजर मेशिन पठाउने पनि निर्णय भएको हो, तर सरोकारवालाहरुले यहाँबाट ब्राउजर मेशिन कुनै पनि हालतमा लैजान नदिने भनेर तालाबन्दी गर्नुभएको छ।’ आफूले यसबारेमा आयल निगमको केन्द्रीय कार्यालयमा जानकारी गराएको भन्दै उनले भने, ‘अब केन्द्रले के निर्णय गर्छ, त्यसै अनुसार मैले निर्देशन पालना गर्नुपर्ने हुन्छ।’ तुलसीपुर उपमहानगरपालिकाको अगुवाईमा तुलसीपुर उद्योग बाणिज्य संघ लगाएत संघसंस्था र स्थानीयहरु बिरोध स्वरुप बिमानस्थल पुगेका थिए। त्यस क्रममा ब्राउजर मेशिन राखिएको गेटमा तुलसीपुर उपमहानगरकी उपमेयर स्यानी चौधरीले ताला लगाएकी हुन्।

     सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments