Incident Reports

क्याम्पस प्रमुखको पुनः नियुक्ति खारेजीको माग गर्दै रामपुर क्याम्पसमा नेविसंघले लगायो ताला

2022-08-02

Bagmati, Chitawan, Khairahani

नेपाल विद्यार्थी संघ कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनले विभिन्न क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुख पदमा मिलन सुवेदी लाई पुनः गैरकानुनी रुपमा नियुक्त गरिएको भन्दै नियुक्ति खारेज गर्न माग गरेको छ ।

संघले मंगलबार विज्ञप्ति जारी गर्दै रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस पक्लिहवा र गौरादह क्याम्पस झापाले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य, अनुभवी र सिनियर प्राध्यापकको नियुक्ति गर्नु पर्नेमा जुनियर र आफुखुशी नियुक्त गरेको भन्दै विरोध गरेको छ ।

संघले निज व्यक्तिहरुलाई दिइएको नियुक्ति खारेज गर्न ४८ घण्टे ‘अल्टिमेटम’ दिँदै मंगलबार रामपुर क्याम्पस खैरहनी र कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरमा अनिश्चितकालीन तालाबन्दी समेत गरेको छ । तालाबन्दीलाई लापरबाही गरेर विद्यार्थीलाई झन जिस्काउने कार्य गरेमा सशक्त आन्दोलन थालिने विज्ञिप्तमा उल्लेख छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments