Incident Reports

बलात्कार गरेको आरोपमा गिरफ्तार

2022-07-30

Gandaki, Nawalparasi East, Kawasoti, Ward 8

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–८ का २७ वर्षीय करन गहतराजलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १४ गते बलात्कार गरेको भन्दै सोही दिन राति परिवारका सदस्यले प्रहरीमा मौखिक उजुरी गरेका थिए । पीडित पक्षको मौखिक उजुरीको आधारमा १४ गते राति नै आरोपित गहतराजलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी सन्तोष पाठकले बताउनु भयो । पीडित पक्षले साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । पीडित बालिकाको साउन १५ गते मध्यविन्दु जिल्ला अस्पताल नवलपरासी पूर्वमा स्वास्थ्य परीक्षण गरिएको डिएसपी पाठकले जानकारी दिनु भयो । आरोपित गहतराजलाई नवलपुर जिल्ला अदालतबाट साउन १५ गते ७ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर घटनाको बारेमा अनुसन्धान गरिरहेको पाठकले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments