Incident Reports

महोत्तरीमा आगो लगाएर आमाछोरीको हत्या प्रयास, घाइतेलाई काठमाडौं रिफर

2022-08-06

Madhes, Mahottari, Bhangaha, Ward 1

धनुषा — महोत्तरीको भंगहामा ज्वाइँले सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका छन् । भंगहा नगरपालिका–१ कञ्चजनवनमा आमाछोरीलाई मट्टितेल खन्याएर आगो लगाइएको हो । शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ । घरायसी विवादमा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । भंगहा नगरपालिका–१ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका–८ का शंकर सदाले मट्टितेल खन्याएर आगो लगाएका हुन् ।  शनिबार मध्यराति मट्टितेल खन्याएर आगो लगाउँदा रेसमादेवी सदाको पिट्यु, पाखुरा र बायाँ खुट्टा जलेको छ । प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रादेशिक अस्पताल जनकपुरका डा. रुपेश बर्माले बताए । सासु र श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोज्ने शंकर सदा घटनापश्चात् फरार छन् । वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 2
National/Online Media

0 Comments