Incident Reports

निर्मला पन्तका हत्या आरोपी बिष्टमाथि यौन दुर्व्यवहारको अर्को आरोप, प्रहरीले जाहेरी नलिएको पीडित पक्षको दाबी

2022-07-28

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएकै ठाउँ नजिक दिलीप सिंह बिष्टले एक किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ। २०७५ साउन १० गते किशोरी पन्तको शव भेटिएको ठाउँ नजिकै बिष्टले कक्षा १२ मा अध्ययनरत एक किशोरीलाई दुर्व्यवहार गरेको भन्दै पीडित प्रहरीकोमा पुगेका छन्। महेन्द्र माविमा कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई बिष्टले बाटो ढुकेर यौन दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ। घटना साउन १२ को हो।

मृत भेटिएकी निर्मलाको साइकल भेटिएको भन्दा करिब ७० मिटर टाढा कल्भर्टमा बिष्टले ती छात्रालाई दुव्यर्वहार गरेको पीडित पक्षको भनाइ छ। बिष्टबाट दुर्व्यवहारमा परेको भन्दै २ पटकसम्म प्रहरीकोमा जाहेरी लिएर जाँदा जाहेरी दर्ता गर्न नमानेको पीडित पक्षको भनाइ छ। तर, जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रमुख एसपी श्याम चौधरीले भने जोहेरी नआएको दाबी गरे। नेपाल लाइभसँग कुरा गर्दै एसपी चौधरीले भने, ‘पीडित भनिएका व्यक्तिहरु जाहेरी लिएर आउनु भएको छैन। दुर्व्यवहार भयो भन्ने सूचना चाहिँ हामीकहाँ आएपछि हामीले अनुसन्धान गरेका छौं। घटना के हो, कसरी भयो? भन्नेबारे हामी बुझ्दै छौं।’ यसअघि पनि बिष्टले दुव्यर्वहार गरेको भन्दै पटक पटक महिलाहरुले सार्वजनिक रुपमै अभिव्यक्ति दिने गरेका थिए।

अहिले एक किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेका बिष्टलाई भने यसअघि प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या घटनामा संलग्न भन्दै पक्राउ गरेको थियो। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट डीएसपी अंगुर जिसीको कमाण्डमा खटिएको विशेष टोलीले पन्तको बलात्कार र हत्या बिष्टबाट भएको निष्कर्ष निकालेको थियो। पछि निर्मलाको भेजाइनल स्बाबबाट निकालिएको वीर्यको डीएनए जाँच गर्दा डीएनए नमिलेको भन्दै उनलाई छाडिएको थियो। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख समेत रहेका डीएनए विशेषज्ञ जीवन रिजाल सम्मिलत स्वतन्त्र छानबिन टोलीले यो घटनामा डीएनए संकलनमा त्रुटिपूर्ण भएकाले डीएनएबाट दोषी पत्ता नलाग्ने भन्दै डीएनएलाई छाडेर अनुसन्धान गर्न सुझाव दिएको थियो।

मानव अधिकार आयोगको टोलीले पनि डीएनए बाहेकको माध्यबाट अनुसन्धान गर्न निर्देशन दिएको थियो। हत्या भएदेखि अहिलेसम्म दर्जनौं अनुसन्धान तथा छानबिन टोलीले कन्चपुर पुगेर निरन्तर अनुसन्धान गरिरहे पनि अहिलेसम्म यो प्रकरण सुल्झन सकेको छैन।४ प्रहरी महानिरीक्षक (आईजी) फेरिँदा पनि घटना जहाँको त्यही छ। जिम्मेवारी सम्हाल्नेबित्तिकै सबै आईजी निर्मला पन्तको हत्यारा आफ्नै कार्यकालमा समातिने दाबी गर्दै आएका छन्। तर अहिलेसम्म प्रहरीले हत्यारालाई कानुनी दायरामा ल्याउन सकेको छैन।कमाण्ड सम्हालेको एक महिनामा गत असार १९ गते प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मलेन गरेर आईजी धीरजप्रताप सिंहले निर्मला पन्त हत्याको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको र जतिसक्दो चाँडो केश टुंगोमा पुर्‍याउन प्रयास गरिने बताएका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments