Incident Reports

अर्थ मन्त्रालयमा नायव सुब्बाहरूको धर्ना

2022-08-08

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — असमान ढंगले कर्मचारीहरुको तलव बढाइएको भन्दै काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सोमबार अर्थ मन्त्रालयअगाडि तीन जिल्लाका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् । आइतबार सार्वजनिक भएको तलवमानमा बजेटको घोषणाविपरीत तलव बढाइएको भन्दै नायव सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिएका छन् । यस विषयमा आन्दोलित कर्मचारी र अर्थमन्त्रालयका अधिकारीहरुबीच छलफल भइरहेको र आफ्ना माग पूरा नगरे भोलिबाट झनै सशक्त रुपमा आन्दोलनका कार्यक्रम गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका आन्दाेलित नायव सुब्बा गोविन्दप्रसाद कोइरालाले बताए । उनले सुब्बाभन्दा माथिका कर्मचारी र सुब्बासहित त्यो भन्दा तल्लो स्तरका कर्मचारीको तलवमा असमान वृद्धि भएकाले आन्दोलनमा उत्रिएको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments