Incident Reports

घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी

2022-07-10

Karnali, Surkhet, Gurbhakot

घरेलु हिंसा घटनाका पीडित गुर्भाकोट नपा–१४ की ३४ वर्षीया मिना कुमारी सार्कीले साउन २५ गते आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय, छिन्चुमा उजुरी दिनु भएको छ । ३६ वर्षीय पति भिमराज सार्कीले साउन २१ गते दिउँसो घरमा रहेको अवस्थामा उम्मेको पानी शरीरमा खनाएको मिनाले जानकारी दिनु भएको छ । मुख र शरीरका विभिन्न ठाउँका छाला गएको तथा फोका उठेको उहाँको प्राथमिक उपचार मेहलकुना अस्पतालमा भयो भने थप उपचार प्रदेश अस्पताल वीरेन्द्रनगरमा भएको बहिनी लक्ष्मी बयलकोटीले जानकारी दिनु भएको छ । पतिले मार्ने प्रयास गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिनु भएको छ । घाइतेको घाउ जाँच केश फारम गरिएको बताउँदै डीएसपी कार्कीले आरोपितको खोजी भइरहेको बताउनु भयो । घटनापछि आरोपित फरार रहेको पीडितको बहिनी लक्ष्मी बयलकोटीले जानकारी दिनु भयो । घाइतेको बहिनी लक्ष्मी बयलकोटीले आर्थिक अवस्था कमजोर रहेकी दिदिको उपचार तथा कानुनी प्रकृयामा जानका लागि इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतमा साउन २४ गते उजुरी दिनु भएको इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले बताउनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments