Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2022-08-11

Lumbini, Nawalparasi West, Palhi Nandan, Ward 2

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका –२, हरपुर निवासी ३५ वर्षीय हकिम अन्सारीलाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २६ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । गोठको गोबर फाल्न खेतमा जाने क्रममा पछाडिबाट आएर लगाएको कुर्ता तानेर बलात्कार प्रयास गरेको र आफू चिच्याएर गुहार माग्दा परिवारका सदस्य आएपछि आरोपित भागेको पीडितले बताउनु भयो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेको डिएसपी प्रेमबहादुर शाहीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन २६ गते जिल्ला अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments