Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-08-11

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काका नाता पर्ने १५ वर्षीय एक बालकलाई प्रहरीले साउन २७ गते गिरफ्तार गरेको छ । आरोपितले साउन २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २७ गते दिएको उजुरीका आधारमा आरोपितलाई घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानका इन्स्पेक्टर सन्तोष खनालले जानकारी दिनुभयो । घरमा कोही नभएको समयमा बालिकालाई ललाइ फकाइ बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । बालिकाको स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा कार्यालय, सल्यानमा साउन २७ गते गरिएको र बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । हाल आरोपितलाई हिरासतमा राखी घटनाका विषयमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर खनालले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments